ओली र लेखकको बन्दीप्रत्येक्षीकरणको रिट ‘हेर्दाहेर्दै’मा

लोकपथ
1.1k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध परेको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।

आज सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार शर्माको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइ तोकिएको थियो ।

दुवैको रिटमाथि भोलि पुनः सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा राखिएको हो ।

जेनजी आन्दोलनबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका आधारमा ओली र लेखकलाई पक्राउ गरिएको थियो । उनीहरुलाई जरुरी पक्राउ पुर्जी जारी गर्दै चैत १४ गते बिहान पक्राउ गरिएकोमा दुवैको परिवारले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्येक्षीकरणको रिट दायर गरेका थिए ।

ओलीका हकमा ओली पत्नी राधिका शाक्य र लेखकको हकमा लेखकपत्नी यशोधा लेखकले रिट दायर गरेका हुन् ।

त्यसो त यसअघि नै सर्वोच्चले ओली र लेखक पक्राउ गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?