जुम्लामा सुक्खा पहिरो खस्दा तीन घरमा क्षति : सहयोग कतैबाट उपलब्ध भएन

लोकपथ
42
Shares
फाइल तस्बिर

जुम्ला । जुम्लाको हिमा गाउँपालिका–६ स्थित खल्ढुङ्गा गाउँमा सुक्खा पहिरो खस्दा तीन घरमा क्षति भएको छ । मङ्गलबार खसेको पहिरोले उक्त वडाका स्थानीयवासी ललिजङ्ग अधिकारी र बुच्चो अधिकारीको घर पूर्ण रूपमा नष्ट भएको हो ।

त्यसैगरी,स्थानीय नरजङ्ग अधिकारीको घर आंशिक रूपमा क्षतिग्रस्त भएको हिमा–६ वडाध्यक्ष उपराज अधिकारीले जानकारी दिए । पहिरोले घरमा क्षति गरेका विस्थापित पीडितका घरपरिवार अहिले गाउँका स्थानीयवासीको घरमा बसेका छन् । वडाले राहतका लागि गाउँपालिका, प्रदेश सरकार र सङ्घीय  सरकारदेखि विभिन्न सङ्घसंस्थालाई अनुरोध गरे पनि सहयोग अहिलेसम्म नमिलेको वडाध्यक्ष अधिकारीको भनाइ छ ।

यसअघि २०७९ साल असोजमा आएको अविरल वर्षाका कारण पनि सोही गाउँका छवटा घर पहिरोले बगाएको थियो । तर त्यस बेला पनि पीडितहरूले पर्याप्त राहत पाउन नसकेको वडाध्यक्षको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?