जेनजी आन्दोलनमा पक्राउ परेकालाई छुटाइदिन्छु भन्दै ९ लाख ठगी, श्रीमान श्रीमती पक्राउ

लोकपथ
301
Shares

काठमाडौं । प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौंको बूढानिलकण्ठस्थित मण्डिखाटारमा बस्ने ४५ वर्षीय हरिबहादुर थापामगर र सोही स्थान बस्ने ३७ वर्षीय मिठु मगर भन्ने अनिता थापा मगर रहेका छन् । उनीहरु श्रीमान श्रीमती रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरुले गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा पक्राउ परेका ३ जनालाई छुटाइदिने भन्दै उनीहरुको परिवारसँग ९ लाख ठगी गरेका थिए । हरिबहादुरले ती प्रतिवादीका आफन्तसँग पैसा मागेर आफ्नी श्रीमती अनिताको खातामा राखेका थिए ।

उनीहरुले आफूहरुले सर्वोच्चको न्यायाधीश चिनेको र हाल सुन्धारा कारागारमा रहेका ३ जनालाई छुटाइदिने भन्दै आश्वासन दिएका थिए ।

उनीहरु दुवैलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेका परिसरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?