रमेश लेखकको बन्दीप्रत्येक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी

लोकपथ
336
Shares

काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखक पक्राउकोविरुद्ध परेको बन्दीप्रत्येक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

शनिबार बिहान लेखकलाई प्रहरीले पक्राउ गरेको थियो । जेनजी आन्दोलनका बखत गृहमन्त्री रहेका लेखकलाई गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसका आधारमा पक्राउ गरिएको हो । तर आइतबार लेखककी पत्नी यशोधा लेखकले थुनामुक्त गर्न माग राख्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

उक्त रिटमाथि न्यायाधीश कुमार रेग्मीको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो । अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

त्यससँगै लेखक अबको २४ दिन हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुलेको छ । यता लेखकपछि पक्राउ परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको समेत बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ भइसकेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनुवाइ भए पनि आदेश भने आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?