इन्ट्रान्स र ब्रिज कोर्स हटाउने निर्देशन शिक्षा मन्त्रालयको वेबसाइटबाट गायब

लोकपथ
441
Shares

काठमाडौं । आइतबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भर्नालाई लक्षित गरेर हुने गरेको प्रवेश परीक्षा तयारी (इन्ट्रान्स प्रिपियरेसन) तथा ब्रिज कोर्स कार्यक्रमहरु हटाउन निर्देशन दियो ।

शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा उक्त कार्यक्रमहरु हटाउन भनिएको थियो । पोखरेलले मन्त्रीका रुपमा शपथग्रहण र पदभार ग्रहण गरेकै दिन चैत १३ गते नै सो निर्देशन दिएका थिए ।

सोही आधारमा मन्त्रालयले उक्त निर्देशनलाई आगामी ०८३ साल वैशाख १ गतेदेखि लागू हुने गरी उक्त कार्यक्रम बन्द गर्न निर्देशन दिइएको थियो । त्यति मात्र होइन ती कार्यक्रमहरु सञ्चालन गरेको थाहा पाइएमा कारबाही गरिने समेत बताइएको थियो ।

‘यस्ता कार्यक्रमहरु सञ्चालन भए नभएको अनुगमन गरी सञ्चालन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउनसमेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरिन्छ,’ मन्त्रालयको निर्देशनमा भनिएको थियो ।

यस्तो छ मन्त्रालयको पत्र :

त्यसो त मन्त्री पोखरेल आफैँले समेत सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए ।

आइतबार साँझ राखिएको पत्र सोमबार भने मन्त्रालयको वेबसाइटबाट हटाइएको छ । मन्त्रालयले त्यसबारे केही बोलेको छैन ।

मन्त्रीको उक्त निर्देशनबारे आलोचना र प्रशंसा दुवै भइरहेको रहँदा मन्त्रालयले भने सुटुक्क उक्त पत्र हटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?