ओली र लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

लोकपथ
112
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सोमबार सुनुवाइ हुँदैछ । 

गैरकानुनीरूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइ गर्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको हो । 

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीका तर्फबाट राधिका शाक्यले र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री लेखकका तर्फबाट यशोदा लेखकले निवेदन दर्ता गराएका थिए । 

घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगको प्रतिवेदनकै आधारमा बालेन्द्र शाह सरकारले तत्कालीन प्रधानमन्त्री ओली र  तत्कालीन गृहमन्त्री लेखकलाई शनिबार पक्राउ गरेको थियो ।

आइतबार जिल्ला अदालतले उनीहरू दुवै जनालाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न म्याद दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?