काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दिपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दिपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खड्कालाई पक्राउ गरेको थियो ।
उनलाई आजै अपरान्ह जिल्ला अदालत काठमाडौं लगिएकोमा सो आदेश आएको हो ।
‘यसमा सम्पत्ति शुद्धीकरण कसूरको जाँचबुझ अनुसन्धानका सिलसिलामा पक्राउ परेका दिपक खड्काको आज बयान कार्य शुरु भएपनि निजका विरुद्ध प्रमाणहरु बुझ्ने तथा बयान गराउने समेतका अनसन्धान सम्बन्धी कार्यहरु बाँकी नै रहेकोले सो प्रयोजनको लागि प्रतिवादीलाई हिरासतमा राख्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुमती माग गरेको र अनुमती माग गरेको बेहोरा मनासिव देखिदा निज प्रतिबादी दिपक खड्कालाई हिरासतमा राखी उपयुक्त लेखिए बमोजिमको कार्यहरु सम्पन्न गर्ने प्रयोजनका लागि सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा १७ (४) बमोजिम मिति २०८२।१२।१५ गतेदेखि लागू हुने गरी ७ (सात) दिनको म्याद थपको अनुमती प्रदान गरिदिएको छ,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया