बागलुङमा ९ महिनामा १८ क्षयरोगीको मृत्यु

लोकपथ
70
Shares

बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ ।

 प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार नगर्दा समुदायमा सङ्क्रमण फैलिएसँगै मृत्युदर पनि बढेको हो ।

 गत वर्ष २६४ जना सङ्क्रमति हुँदा १९ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालयका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए । यस वर्ष १४४ सङ्क्रमित हुँदा हालसम्म अठार जनाले ज्यान गुमाएका हुन् ।

घिमिरेका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी गलकोट नगरपालिकाका छन् । गलकोटमा आठ जना संक्रमितको मृत्यु भएको छ । 

बडिगाड गाउँपालिकामा पाँच, ढोरपाटन नगरपालिकामा दुई, निसीखोला, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका एकरएकजना रहेको उनले जानकारी दिए ।

प्रदेश जनस्वास्थ्य कार्यालयले परीक्षणको दायरा बढाउँदै जाँदा सङ्क्रमित फेला पर्न थालेको घिमिरेले बताए । विकट बस्तीसम्म क्षयरोगसम्बन्धी जनचेतना नपुग्दा सङ्क्रमक्रण न्यूनीकरण गर्न समस्या भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?