काठमाडौं । नेपालमा टाटा मोटर्सका लागि एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आजदेखि स्प्रिंग एक्सचेन्ज क्याम्प कार्यक्रम सुरु गरेको छ ।
यस कार्यक्रममा ग्राहकहरूले पुरानो गाडीलाई डाउनपेमेन्टको रूपमा राखेर टाटा मोटर्सका नयाँ ईभी र आइस श्रृंखलाका गाडी किन्न सक्नेछन् ।
कार्यक्रममा जुनसुकै ब्राण्डको पुरानो गाडी टाटा ब्राण्डका लोकप्रिय गाडीसँग साट्न सकिने कम्पनीले जनाएको छ ।
ग्राहकहरूले यस अवधिमा छुट, एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफटाइम निःशुल्क चार्जिङ, १ वर्षको वार्षिक सवारी कर निःशुल्क, निःशुल्क चार्जिङ बक्स जडान र प्रत्येक बुकिङमा आकर्षक उपहार पाउनेछन् । साथै, बम्पर लकी ड्रमा आईफोन १७ प्रो पनि जित्न सकिनेछ ।
कम्पनीले ग्राहकहरूले नयाँ टाटा गाडीको डिजाइन अवलोकन गर्न र टेष्ट ड्राइभ गर्न पाउने जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया