ब्राजिलको विश्वकप तयारी टोली घोषणा, नेयमार खेल बाहिरै

लोकपथ
84
Shares

काठमाडौं । आगामी जुनमा हुने विश्वकपको तयारीस्वरूप ब्राजिलले खेलका लागि आफ्नो टोली सार्वजनिक गरेको छ । प्रशिक्षक कार्लो एन्चेलोटीले केही नयाँ अनुहारलाई मौका दिँदा अनुभवी स्टार नेयमार भने टोलीबाहिरै रहेका छन् ।

विश्वकपअघिको अन्तिम तयारीका रूपमा ब्राजिलले फ्रान्स र क्रोएसियाविरुद्ध खेल्ने मैत्रीपूर्ण खेलका लागि आफ्नो टोली घोषणा गरेको हो ।  

प्रशिक्षक एन्चेलोटीले यसपटक प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका ब्रेन्टफोर्डका स्ट्राइकर इगोर थियागो र बोर्नमाउथका युवा विंगर रायनलाई पहिलोपटक राष्ट्रिय टोलीमा बोलाएका छन् ।

२४ वर्षीय थियागोले यस सिजनमा प्रभावशाली प्रदर्शन गर्दै गोलकर्ताको सूचीमा शीर्ष प्रतिस्पर्धीको रूपमा आफूलाई स्थापित गरेका छन् । सुरुवाती समयमा चोटका कारण कठिनाइ भोगेका उनले पछिल्ला खेलमा भने उत्कृष्ट लय समातेका छन् । क्लबका प्रशिक्षकले पनि उनको प्रगतिलाई महत्वपूर्ण उपलब्धि मानेका छन् ।

त्यसैगरी, १९ वर्षीय रायनले पनि इंग्लिस लिगमा छोटो समयमा नै राम्रो प्रभाव छोड्दै राष्ट्रिय टोलीमा स्थान सुरक्षित गरेका हुन् । उनी हालै ब्राजिलको भास्को डी गामाबाट युरोप पुगेका थिए ।

टोलीमा गालातासरायका मिडफिल्डर गेब्रियल सारा र फ्लेमेन्गोका डिफेन्डर लियो पेरेरा नयाँ अनुहारका रूपमा समावेश भएका छन् । साथै, युवा स्टार एन्ड्रिक एक वर्षपछि पुनः टोलीमा फर्किएका छन् । उनले हालै क्लबस्तरमा डेब्यू खेलमै ह्याट्रिक गर्दै आफ्नो क्षमता देखाएका थिए ।

तर, ब्राजिलका अनुभवी स्टार नेयमार भने यसपटक टोलीमा परेनन् । प्रशिक्षक एन्चेलोटीका अनुसार अझै पूर्णरूपमा फिट नभएकाले उनलाई समावेश नगरिएको हो । लामो समयदेखि राष्ट्रिय टोली बाहिर रहेका नेयमारको विश्वकप सहभागिता अझै अनिश्चित देखिन्छ ।

ब्राजिलले मार्च २६ मा बोस्टनमा फ्रान्ससँग खेल्नेछ भने मार्च ३१ मा ओर्लान्डोमा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । यी खेलहरू खेलाडीहरूका लागि विश्वकप टोलीमा स्थान बनाउने अन्तिम अवसरका रूपमा हेरिएको छ ।

आगामी विश्वकपमा ब्राजिल समूह ‘सी’ मा मोरक्को, हाइटी र स्कटल्यान्डसँग रहेको छ ।

ब्राजिलका खेल टोलीहरू 

गोलकिपर ः एलिसन (लिभरपुल), बेन्टो (अल–नासर), एडरसन फेनेरबासे)

डिफेन्डर ः एलेक्स सान्ड्रो (फ्लेमेन्गो), ब्रेमर (युभेन्टस), ड्यानिलो (फ्लेमेन्गो), डगलस सान्तोस (जेनिट सेन्ट पिटर्सबर्ग), गेब्रियल म्यागाल्हेस (आर्सनल), इबानेज (अल–अहली), लियो परेरा (फ्लेमेन्गो), मार्किन्होस (पेरिस सेन्ट जर्मेन), वेसले

मिडफिल्डर ः आन्द्रे सान्तोस (चेल्सी), कासेमिरो (म्यानचेस्टर युनाइटेड), डानिलो (बोटाफोगो) फाबिनहो (अल–इत्तिहाद), गेब्रियल सारा (गालारासारे)

फरवार्डहरू ः एन्ड्रिक (लियोन), गेब्रियल मार्टिनली (आर्सनल), इगोर थियागो (ब्रेन्टफोर्ड), जोआओ पेड्रो (चेल्सी), लुइज हेनरिक (जेनिट सेन्ट पिटर्सबर्ग), म्याथियस कुन्हा (म्यानचेस्टर युनाइटेड), राफिनहा (बार्सिलोना), रायन (बोर्नेमाउथ), भिनिसियस जेडर (बार्सिलोना)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?