बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
105
Shares

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  ४ सय रुपैयाँले बढेको छ । 

 अघिल्ला दिन ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ९ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

 त्यस्तै आज  चाँदी पनि बढेको छ ।  महासंघका अनुसार आज चाँदी प्रतितोला ७० रुपैयाँले बढेको हो ।  सोमबार चाँदी प्रतितोला  ५ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । भने आज सोही परिमाणको चाँदी ५ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?