राष्ट्रपति पौडेलसँगको भेटबारे योगेशले के भने ?

लोकपथ
98
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन् ।

सोमबार राष्ट्रपति भवन शीतलनिवासमा पुगेर उपमहासचिव भट्टराईले राष्ट्रपति पौडेल भेट गरेका हुन् ।

भेटमा के कुराकानी भयो भन्नेबारे भट्टराईले नखुलाए पनि जेनजी आन्दोलनपछि राष्ट्रपति पौडेलले खेलेको भूमिकाप्रति धन्यवाद ज्ञापन गरे ।

राष्ट्रपति पौडेलले भदौ २३ र २४ को घटना र त्यसपछिको अन्यौलताको अवस्थामा संविधानको क्रियाशीलता साथै लोकतान्त्रिक प्रणालीलाई पुनर्जीवित गर्न खेलेको भूमिकाप्रति सम्मान रहेको बताएका छन् ।

‘भदौ २३ र २४ का घटना र त्यसपछिको अन्यौल तथा अनिश्चयको अवस्थामा संविधानको क्रियाशीलता अनि लोकतान्त्रिक प्रणालीलाई पुनर्जीवित गर्न सम्माननीय राष्ट्रपतीले मुलुकलाई गर्नु भएको सहि दिशानिर्देश तथा अभिभावकीय भूमिकाप्रति उच्च सम्मान । वहाँबाटप्राप्त प्रेरणादायी सल्लाह तथा सुझावकाप्रति हार्दिक आभार,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?