मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत पक्राउ

लोकपथ
168
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ । उनी केहीबेर अघि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले भट्टलाई पक्राउ गरिएको बताए । उनले भट्टविरुद्ध मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएको र सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको बताए ।

भट्टले मुख्यमन्त्री शाहमाथि घुस मागेको आरोप लगाएपछि उद्योग मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भट्टलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?