समानुपातिकको नाम टुंगो लगाउन रास्वपाको बैठक सुरु

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज केन्द्रीय कार्यालय वनस्थलीमा सुरू भएको छ।

स्वास्थ्य अवस्थाका कारण बैठकमा अनुपस्थित पार्टी सभापति रवि लामिछाने भर्चुअल तरिकाबाट जोडिएका छन् ।

आजको बैठकले समानुपातिक तर्फबाट उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गर्नेछ ।

निर्वाचन आयोगले यसअघि तीन दिनभित्र समानुपातिकको सूची बुझाउन भनेको थियो । सोही अनुसार रास्वपाले सचिवालय बैठक मार्फत् उक्त सूची बुझाउन लागेको हो ।

आजको बैठकले समानुपातिक सूची तय गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रत्यक्षमा १२५ सिटसहित पहिलो भएको रास्वपाले समानुपातिकमा समेत ५७ सिट जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?