रास्वपा सचिवालय बैठक भर्चुअल बस्ने

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भर्चुअल माध्यमबाट सञ्चालन हुने भएको छ ।

पार्टी सभापति रवि लामिछाने को स्वास्थ्य समस्या देखिएको कारण बैठक अनलाइन गर्न लागिएको हो ।

हाल स्वास्थ्य लाभ गरिरहेका सभापतिसँग डिपी अर्याल र डा.स्वर्णिम वाग्ले उपस्थित छन् ।

पार्टीका नेताहरू शिशिर खनाल, मनिष झा, सोविता गौतम, हरि ढकाल, गणेश कार्की लगायतका नेताहरू कार्यालयमा उपस्थित छन् भने अन्य केही नेताहरू कार्यालयबाट फर्किएका छन् ।

बैठकमा पार्टीभित्रको वर्तमान व्यवस्थापन र आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?