पार्टीको कमजोरी र समीक्षा तलदेखि स्वतः उठिरहेको छ : उपमहासचिव भट्ट

लोकपथ
28
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीभित्र हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन र अन्य राजनीतिक घटनाक्रमको समीक्षा तल्लो तहबाट स्वतःस्फूर्त रूपमा सुरु भइसकेको बताएका छन् ।

भट्टका अनुसार, केन्द्रबाट कुनै औपचारिक परिपत्र वा निर्देशन जारी नभए पनि वडा र जिल्ला तहका कमिटीहरूले आ–आफ्नो स्तरमा समीक्षा बैठकहरू गरिरहेका छन् र त्यसको रिपोर्ट तयार पार्ने काम भइरहेको छ ।

उनले भने, ‘आज दुई वटा एजेन्डा थिए, तर समीक्षा सम्बन्धी भागमा हामी कहीँ कतै प्रवेश गरेनौँ । अध्यक्षलाई शोक परेको बेला यो समीक्षा गर्ने समय थिएन। हाम्रो पार्टीको जीवनसँग जोडिएको विषयवस्तु हो । हरेक योजनाको अन्त्यपछि समीक्षा हुने गर्छ र कहाँ कति कमीकमजोरी भयो भन्ने कुरा तलबाटै स्वतःस्फूर्त रूपमा उठिरहेको छ। केन्द्रले निर्देशन दिइराख्नुपर्ने आवश्यकता छैन ।’

भट्टले अध्यक्ष केपी शर्मा ओलीको पितृ शोक सकिएपछि मात्र आगामी बैठकमा पार्टीले औपचारिक रूपमा समीक्षा प्रक्रिया अघि बढाउने बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?