के भयो आज सुनचाँदीको मूल्य ?

लोकपथ
203
Shares

काठमाडौं । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा गिरावट आएको छ ।  सुनकोे मूल्य  २ हजार ८०० ले र चाँदीको मोल  २० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रतितोला तीन लाख १४ हजार २०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य  पाँच हजार ४९५ निर्धारण भएको छ । 

हिजो बिहीबार एक तोला सुन  तीन लाख १७ हजार र त्यति नै परिमाणको चाँदी  पाँच हजार ५१५ मा कारोबार भएको थियो । गत बुधबार तीन लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य  पाँच हजार ७२० निर्धारण भएको थियो । 

गत मंगलबार छापावाल सुनको मूल्य प्रतितोला  तीन लाख १७ हजार कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको थियो । सोमबार एक तोला सुन तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु  पाँच हजार ४१० मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ११८ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?