काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्नुपर्ने बताएका छन् । उनले भन्सार दरलाई घटाएर लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
अग्रवालले भने, ‘हाम्रो ओभरल राजश्व जीडीपीमा १९.९ प्रतिशत पुगेको छ, जबकि दक्षिण एशियाका अन्य देशमा १३–१४ प्रतिशत मात्र छ । यस हिसाबले प्रतिस्पर्धी वातावरण नबनाइ आर्थिक गतिविधि विस्तार हुँदैन ।’
उनले विगतको राजनीतिक अस्थिरता र मौद्रिक नीतिका कारण अर्थतन्त्र गतिशील नबनेको भन्दै, अब बन्ने बलियो सरकारले स्थायित्वपूर्ण अर्थनीति ल्याउनुपर्ने बताए ।
अग्रवालले निजी क्षेत्रको लगानीको हिस्सा ८० प्रतिशतभन्दा बढी भएको हुँदा नीतिगत परिवर्तनको प्रभाव बढी पर्ने उल्लेख गर्दै, कुनै नीति लागू गर्नु अघि ‘रेगुलेटरी इम्प्याक्ट एसेसमेन्ट’ गर्नुपर्ने माग राखेका छन् ।
उनले पर्यटन र सूचना प्रविधि (आईटी) जस्ता ‘वेटलेस र बोर्डरलेस’ व्यापारलाई प्रवर्द्धन गर्न लगानीमैत्री नीतिहरू आवश्यक भएको बताए । साथै, विगतका भूत प्रभावी कर नीतिहरू, कमजोर अडिट प्रणाली र भन्सारको अनलाइन मूल्याङ्कन प्रणालीको कमजोरी तुरुन्त सुधार्नुपर्नेमा जोड दिएका छन् ।
अग्रवालका अनुसार निर्वाचन परिणामपछि निजी क्षेत्र उत्साहित भएको छ र लगानी गर्न आतुर छ । आवश्यक ऐन नियममा सुधार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आर्थिक समृद्धिका घोषणापत्रका बुँदाहरू कार्यान्वयन गरे, हाम्रो अर्थतन्त्र पुनः गतिशील बनाइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया