२ हजारले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो 

लोकपथ
98
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  २ हजार रुपैयाँले घटेको हो । 

अघिल्लो दिन  ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार रुपैयाँले घटेर ३ लाख १७ हजारमा कारोबार भएको महासंघले जनाएको छ । 

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।  महासंघका अनुसार आज चाँदी प्रतितोला  २०५ रुपैयाँले घटेको हो । अघिल्लो दिन ५ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?