काठमाडौं । अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले प्रक्रिया अघि बढाउने बताएका छन् ।
वर्तमान सरकारसँग कार्यान्वयनका लागि पर्याप्त समय नभए पनि जेनजीसँग भएको समझदारी बमोजिम मन्त्रिपरिषदमा छलफल गरेर आवश्यकताअनुसार अघि बढाउने प्रधानमन्त्रीको तयारी रहेको जानकारी उनले जानकारी दिएका हुन् ।
उनले भने, ‘निर्वाचन आयोगले आफूले प्रतिवेदन समाप्त गर्न चाहे अनुसारको समय सरकारले दियो र आज भर्खरै उहाँहरूले प्रतिवेदन सम्माननीय प्रधानमन्त्रीलाई बुझाउनुभएको छ । सम्माननीय प्रधानमन्त्रीले त्यो बुझ्ने बेलामा ‘यो सरकारले नै कार्यान्वयन गर्नको निमित्त समय बाँकी छैन, तर यो प्रतिवेदन जेन्जीहरूसँग गरिएको एउटा समझदारी बमोजिम, युवाहरूले जुन आवाज उठाएका थिए, त्यो बमोजिम हामी यो प्रतिवेदनलाई मन्त्रिपरिषदमा छलफल गरेर सार्वजनिक गर्ने प्रयत्न गछौँ ।’
जेन–जी आन्दोलन जाँचबुझ आयोगको टोलीले आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया