काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका डा. शेखर कोइरालाले लज्जास्पद हार बेहोर्नु परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्यले डा. कोइरालालाई ४२ हजार ६६३ मतान्तरले पराजित गरेकी हुन् ।
रुविनाले ५५ हजार ५१३ मत ल्याएर निर्वाचित हुँदा डा. कोइरालाले १२ हजार ८५० मत मात्रै प्राप्त गरे ।
यस्तै, एमालेका विनोद ढकालले ८ हजार ३१७ मत पाउँदा श्रम संस्कृति पार्टीका मातृका पौडेलले ३ हजार ४०० मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया