काठमाडौं । बिहीबार सम्पन्न मतदानमा जेनजी उमेर समूहका मतदाताको उल्लेख्य सहभागिता रहेको निर्वाचन आयोगले जनाएको छ ।
बिहीबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएसँगै पत्रकार सम्मेलन गरी आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो दाबी गरेका हुन् ।
अघिल्लो निर्वाचनमा भन्दा यो निर्वाचनमा १० लाख मतदाता थपिएको र त्यसमा अधिकांश जेनजी उमेर समूह रहेको समेत उनले बताए ।
‘अघिल्लो निर्वाचन भन्दा १० लाख हाराहारीमा मतदाता थपिनुभएको छ । आजको निर्वाचनमा समेत अधिकांश जेनजीहरुको सहभागिता रहेको हाम्रो विश्वास रहेको छ, उनले भने ।
साथै आफ्नो नेतृत्वमा निर्वाचन सम्पन्न गरेकोमा आफूलाई धेरै जेनजीका प्रतिनिधिहरु खुसी भएको समेत उनको दाबी छ ।
‘धेरै जेनजीका प्रतिनिधिहरुले मलाई मोबाईलमा म्यासेज गरेर बधाई दिनुभएको छ,’ उनले भने ।
बिहीबार देशभर करिब ६० प्रतिशत मत खसेको आयोगको भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया