निर्वाचन सम्पन्न गर्ने सरकारको योजना सफल भयो : गृहमन्त्री अर्याल

लोकपथ
70
Shares

काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले देशको समग्र सुरक्षा अवस्था सुदृढ र मजबुत रहेको दाबी गरेका छन् ।

गृह मन्त्रालयले पूर्वसूचनाका आधारमा सम्भावित जोखिमहरू पहिचान गरी रोकथामका उपाय अपनाएकाले सुरक्षा चुनौतीहरू समाधान गर्न सफल भएको उनले बताएका हुन् ।

मन्त्री अर्यालका अनुसार सुरक्षा निकायहरूले सम्भावित चुनौतीहरूलाई प्रारम्भिक चरणमै पहिचान गरी नियन्त्रणमा लिएका छन् । केही छिटफुट रूपमा देखिएका घटनाहरूलाई पनि तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाहीको प्रक्रियामा लगाइएको उनले बताए ।

सुरक्षा व्यवस्थापनमा जनताको उल्लेख्य सहयोग रहेको उल्लेख गर्दै उनले यस्तो सहयोगी वातावरण तयार पार्न सरकारले विशेष पहल गरेको स्पष्ट पारे ।

गृह मन्त्रालयले आफ्नो कार्यशैली र पद्धतिमा व्यापक सुधार गरेको उल्लेख गर्दै उनले अहिलेको सुरक्षा संयन्त्र पहिलाभन्दा बढी समन्वयात्मक र सामूहिक नेतृत्वमा आधारित रहेको बताए ।

उनले विगतका अनुभव र प्राप्त पूर्वसूचनालाई आधार बनाएर सुरक्षासम्बन्धी चुनौतीहरूलाई प्रारम्भिक चरणमै रोकथाम गरिएको बताए । तल्लो तहमा सफल भएका अभ्यासहरूलाई अन्यत्र पनि विस्तार गर्दै कानून र मापदण्डको पूर्ण पालना गराउन मन्त्रालय सफल भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?