काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएकोमा सरकारलाई बधाई दिएका छन् ।
बिहीबार मतदानको समय सम्पन्न भएसँगै झापा क्षेत्र नं ५ का उम्मेदवार समेत रहेका बालेनले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री कार्कीको नेतृत्वको सरकारले लोकतन्त्र जितेको बताए ।
‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ,’ उनले भनेका छन् ।
त्यसो त जेनजी आन्दोलनपछि चौतर्फी रुपमा बालेनलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा अघि सार्नुपर्ने आवाज उठिरहेको थियो । तर बालेनले भने तत्कालीन समयमा कार्कीलाई अघि सारेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया