काठमाडौं । बिहीबार लागि निर्वाचन आयोगले मतदानका लागि तोकेको समय सम्पन्न भएको छ ।
आयोगले बिहान ७ बजेबाट साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकेको थियो । ५ बजेपछि निर्धारित समय सकिए पनि लाइनमा बसेका मतदाताहरुलाई भने मत हाल्न दिइनेछ ।
केही .ठाउँमा बाहेक अन्य स्थानमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । केही स्थानमा देखिएको विवादका कारण मतदान समेत रोकिएको छ ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले फागुन २१ (आज) का लागि निर्वाचनको मिति घोषणा गरेको थियो । शंका उपशंकाका बिच मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया