एमाले अध्यक्ष ओलीले गरे मतदान 

लोकपथ
70
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान  गरेका छन् ।

बिहीबार बिहान अध्यक्ष ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

उनी झापा–५ बाट उम्मेदवार समेत  हुन्  । आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो ।

देशभर मतदान कार्य जारी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?