चितवन । चितवन प्रहरीले टिकटकर तथा युट्युबर रतन कार्कीलाई नियन्त्रणमा लिएको छ । मौन अवधिका उम्मेदवारको प्रचार गरेर भिडियो पोष्ट गरेका आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उम्मेदवारका तस्वीरहरू सामाजिक सञ्जालबाट हटाउन लगाएर उनलाई प्रहरीले छाडेको हो ।
कार्की यसअघि जापानमा बस्दै आएका थिए । केही दिनअघि नेपाल फर्किएका उनले चुनावी माहोलसँग सम्बन्धित भिडियोहरू टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आएका थिए ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया