काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २५ सयले बढेको हो ।
अघिल्लो दिन ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २५ सय रुपैयाँले बढेर ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी २ सय ५ रुपैयाँले घटेको हो । अघिल्लो दिन ६ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज २ सय ५ रुपैयाँले घटेर ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया