बढ्यो सुनचाँदीको मूल्य, आज कति पुग्यो ?

लोकपथ
28
Shares

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज उल्लेखनीय वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ६०० रुपैयाँले बढेको छ । 

यससँगै सुनको भाउ ३ लाख २६ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन आइतबार भने सुन ३ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ३५ रुपैयाँले वृद्धि भई ६ हजार २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

अघिल्लो दिन चाँदी ५ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो । मध्यपूर्वमा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको भाउ उकालो लागेपछि त्यसको प्रभाव स्वदेशी बजारमा पनि परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?