काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा.कुमार इङनामले सरकारले निर्वाचन निष्पक्ष र समयमै सम्पन्न गराउन सम्पूर्ण शक्ति परिचालन गरिरहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार आफ्नो म्यान्डेटअनुसार शतप्रतिशत प्रयासका साथ निर्वाचनको तयारीमा जुटेको बताए ।
उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको उल्लेख गर्दै अब मतदाताले मत हाल्ने र मतगणना गर्ने चरण मात्र बाँकी रहेको बताए । सुरक्षा व्यवस्था, कर्मचारी परिचालन र आवश्यक पूर्व तयारी सबै सम्पन्न भइसकेको दाबी गर्दै उनले सरकार निष्पक्ष ढंगबाट निर्वाचन गराउन प्रतिबद्ध रहेको स्पष्ट पारे ।
मन्त्री इङनामले सरकारले निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि गतिविधि निस्तेज पार्न आवश्यक कदम चालिरहेको जिकिर गरे ।
यस्तै, उनले भ्रष्टाचार नियन्त्रणमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको स्वीकार गरे। भ्रष्टाचार नियन्त्रण जटिल विषय भएकाले यसमा अपेक्षित प्रगति हुन नसकेको उनको भनाइ थियो । यद्यपि, अहिले त्यसको विस्तृत विश्लेषणभन्दा पनि नियमित प्रशासनिक काम र निर्वाचन सफल बनाउन सरकार केन्द्रित रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया