काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशमा निर्वाचन अघि ठुलो धक्का परेको छ ।
प्रदेश महामन्त्री चन्द्रा बिक र रास्वपा सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
आइतबार सुर्खेतमा आयोजित समारोहमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले उनीहरूलाई खादा र मालाले स्वागत गरेका थिए ।
रास्वपा छाडेर कांग्रेसमा प्रवेश गरेका अन्य दर्जनौँ कार्यकर्ताहरू पनि यस अवसरमा सहभागी थिए ।
प्रदेश महामन्त्री र राजधानी क्षेत्रको कार्यवाहक सभापति पार्टी परित्याग गरेपछि आगामी निर्वाचनमा रास्वपालाई ठुलो चुनौती हुने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया