काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले नवयुवाहरुको आकांंक्षालाई सम्बोधन गर्न पनि आसन्न निर्वाचनमा आफ्नो पार्टी विजयी हुनुपर्ने बताएका छन् ।
शनिबार रोल्पाको लिवाङमा आयोजित चुनावी सभामा बोल्दै उनले सो कुरा बताएका हुन् ।
नेता महराले मुलुकमा समाजवादी व्यवस्था सुदृढ बनाउन पनि पुष्पकमल दाहाल नेतृत्वको नेकपा विजयी हुनुको विकल्प नभएको बताए । उनले रोल्पाले जनयुद्धमा खेलेको भूमिकाका कै कारण मुलुकमा संघीयतासहितको गणतन्त्र आएको बताए ।
नेता महराले भने,‘नवयुवाहरुको आकांक्षा सम्बोधन हामीले गर्नुपर्दछ । त्यस उद्देश्यका लागि क्रान्तिका नायक प्रचण्डको नेतृत्वमा समाजवादी व्यवस्था सुदृढ गर्नुपर्दछ । तसर्थ निर्वाचनमा हाम्रो पार्टीको चुनाव चिन्ह तारामा मतदान गरी प्रचण्डसहितका हाम्रो पार्टीका सबैलाई जिताउन पनि हार्दिक अपिल गर्दछु ।’
उनले मुलुकलाई समृद्ध बनाउने काममा आफूहरूले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया