काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पुराना दल र तिनका नेतासँग नयाँ भिजन नभएको आरोप लगाएका छन् ।
ललितपुरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नयाँ विचार, चरित्र र व्यवहार केही नभएकाले एमाले, कांग्रेस र नेकपाबाट देश विकास नहुने बताए ।
उनले सर्वसाधारण र किसानको सुरक्षालाई प्राथमिकतामा राखेर आफ्नो पार्टी अघि बढ्ने बताए ।
उनले जनताको आधारभूत अधिकार, श्रमको सम्मान र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया