निर्वाचन बिदासँगै काठमाडौं छोड्नेको भिड, करिब ८ लाखले उपत्यका छाड्ने अनुमान

लोकपथ
91
Shares

काठमाडौं । फागुन १८ देखि २४ गतेसम्म सार्वजनिक बिदा परेकाले करिब ८–९ लाखले काठमाडौं उपत्यका छोड्ने अनुमान गरिएको छ ।

आम निर्वाचनको तयारीसँगै तीन दिनको बिदा (फागुन २०, २१, २२) र फागु पूर्णिमा तथा अन्तर्राष्ट्रिय महिला दिवसका बिदाले सात दिन लामो बिदा  भएको छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाका अनुसार, बिदाका कारण अहिलेबाटै लामो दूरीका गाडीहरूमा भीडभाड सुरु भइसकेको छ । ‘१७, १८ र १९ गते गाडीहरू अत्यधिक भरिएका छन् । धेरैले गाडी रिजर्भ पनि गरिसकेका छन्, ‘उनले भने।

सिटौलाका अनुसार, कञ्चनपुर, डडेलधुरा देखि अर्घाखाँची, गुल्मी, पाल्पासम्मका लामो दूरीका गाडीहरू १९ गतेपछि जान नसक्ने अवस्था छ । मध्यम दूरीका गाडीहरू भने काभ्रे, धादिङ, सिन्धुपाल्चोकसम्म चल्नेछन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले भने, ‘आसन्न निर्वाचनका बेला सार्वजनिक यातायात प्रणालीलाई चुस्तदुरुस्त बनाउन विभिन्न योजना तथा पूर्वतयारीहरू गरिरहेका छौँ । आवश्यक परे, सरकारी निकायका गाडी र निजी साधन समेत प्रयोग गरिनेछ ।’

‘सार्वजनिक यातायातले सबै यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउन नसके, नेपाली सेनादेखि स्कुल र कलेजका गाडी समेत प्रयोग गरिनेछ ।,’पोखरेलले भने

 विभागका अनुसार, दसैँ–तिहार जस्तो बिदाको बेला जस्तै यस पटक पनि काठमाडौं छोड्नेहरूको भिड बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?