काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले पुराना राजनीतिक दलहरूले जनतामा त्रास फैलाइरहेको आरोप लगाएका छन् ।
चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले भने, ‘जनताले पूराना शक्तिहरूमाथि अब ‘तपाईंको शासन स्वीकार्य छैन’ भन्ने स्पष्ट सन्देश दिँदा यहाँ राष्ट्रघात हुन्छ, देश बर्बाद हुन्छ भनेर त्रास फैलाइरहेका छन् ।’
डा.वाग्लेले आफूहरूले ‘ब्रह्मलुटको संरचना भत्काएर संरचनाको जग बसाल्न’ आएको बताए ।
उनले भने, ‘संसारभर रहेका तपाईंका छोराछोरी एकैपटक जागेका छन् । हामीलाई बहुमत दिनुहोस् ।’
उनले राज्यका सबै निकाय राजनीतिक कब्जामा परेको भन्दै दोहोनको दलीय सिन्डिकेट खारेज गर्ने र पुराना दलहरूको संरचना पुनः जिएर आउन नदिने रास्वपाकाे योजना सार्वजनिक गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया