काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज चाँदी १५ रुपैयाँले बढेको हो । आज चाँदी ५ हजार ७४० रुपैयाँमा कारोबार भइरहेका छ । बिहीबार ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया