काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ । मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
सुनको मूल्यमा कुनै परिवर्तन नभए पनि चाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ७ सय १५ पुगेको छ ।
मंगलबार चाँदी प्रतितोला ५ हजार ५ सय ८५ मा कारोबार भएको थियो । यसअनुसार चाँदीमा प्रतितोला १३० ले वृद्धि भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया