दाङमा जीप दुर्घटना, एक जनाको मृत्यु

लोकपथ
63
Shares

काठमाडौं । दाङको रुन्टीगढी गाउँपालिका–५ खुम्बासमा जीप दुर्घटना  हुँदा एक जनाको भएको छ । दुर्घटनामा परेर २४ वर्षीया विष्णुमाया बुढा मगरको मृत्यु भएको हो ।

आज (मंगलबार) बिहान दाङबाट हिँडेको लु १ ज ४८५४ नम्बरको टाटा सुमो जिप सडकभन्दा तल खसेको हो । जीपमा ११ जना सवार थिए ।  

घाइते भएका १० जनालाई उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको  छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?