सुन र चाँदी दुवैको भाउ बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?

लोकपथ
343
Shares

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन र चाँदी दुवैको भाउ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन आज तोलामा ३ हजार २ सय रुपैयाँ बढेर ३ लाख १३ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो आइतबार सुन प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ तोलामा १ सय ७० रुपैयाँ बढेर ५ हजार ५ सय ९५ रुपैयाँ पुगेको छ । चाँदी हिजो आइतबार प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?