संखुवासभा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

लोकपथ
133
Shares

काठमाडौं । सङ्खुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर आज बिहान ७ः३१ बजे चार दशमलव एक ४.१ रेक्टरस्केलको भूकम्प गएको हो । 

भूकम्पले के कति असर पुर्‍यायो भन्ने एकिन जानकारी प्राप्त भएको छैन । 

यसअघि गत माघ २८ गते लमजुङ जिल्लाको बन्सार आसपास केन्द्रबिन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो । 

नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा भूकम्प जाने गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?