गौर तनावपछि माधव नेपालकाे अपिल : ‘संयमता अपनाउनुहोस्, हिंसा समाधान होइन’

लोकपथ
112
Shares

 काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले रौतहटको गौर नगरपालिका–६ मा हिन्दु र मुस्लिम समुदायबिच बढिरहेको तनावमा शान्ति कायम गर्न आह्वान गरेका छन् ।

शनिबार पत्रकारसँग कुराकानी गर्दै सहसंयोजक नेपालले हिन्दु र मुस्लिम दुवै समुदाय एक अर्काका परिपूरक रहेको टिप्पणी गर्दै संयमता अपनाउन दुवै समुदायलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘हिन्दु वा मुस्लिम जे भए पनि कोही पनि जोखिममा पर्नु हुँदैन। जनजीवन अस्तव्यस्त भएको छ, सबैको जीवन सुरक्षित हुनुपर्छ। सबैले एक अर्काको धर्मको सम्मान गर्नुपर्छ र चाडपर्वको आदर गर्नुपर्छ ।’

‘यदि कुनै समस्या छ भने बसेर समाधान गर्नुपर्छ । मैले गृहमन्त्रीसँग फोनमा कुरा गरेर कर्फ्यु लगाउन र सुरक्षा परिचालन गर्न अनुरोध गरेको छु। आवश्यक परे सेना पनि पठाउन सकिन्छ।, ‘उनले भने

नेपालले सबै निकायलाई जिम्मेवारीपूर्वक काम गर्न र द्वन्द्व, दुर्व्यवहार वा घर सम्पत्ति नष्ट हुन नदिन आग्रह गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?