प्रधानमन्त्री कार्कीद्वारा मायादेवी मन्दिरको दर्शन

लोकपथ
35
Shares

लुम्बिनी । प्रधानमन्त्री सुशीला कार्कीले आज लुम्बिनीस्थित मायादेवी मन्दिरका साथै थाइल्याण्ड सरकारले निर्माण गरेको गुम्बा, सङ्ग्रहालय, बज्रयान मन्दिर र विश्वशान्ति स्तुपको अवलोकन गरेकी छन्  ।

निर्वाचनको तयारीबारे सम्बद्ध निकायहरुसँग जानकारी लिने सिलसिलामा रुपन्देहीको भ्रमणपछि प्रधानमन्त्री  कार्की लुम्बिनी पुगेकी हुन्  । 

प्रधानमन्त्रीलाई लुम्बिनी विकास कोषका सदस्य–सचिव दीपक श्रेष्ठलगायत पदाधिकारीले स्वागत गर्दै लुम्बिनीको गुरुयोजना र कोषका गतिविधिबारे जानकारी गराएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?