काठमाडौं। दाङको तुलसीपुरमा रास्वपाका कार्यकर्ताहरूले स्वर्गीय राजा वीरेन्द्रको शालिकमाथि चढेर अमर्यादित व्यवहार गरेका घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ खुश्बु ओलीले आपत्ति जनाएकी छन् ।
ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यो घटनालाई सामान्य गल्ती मान्न नसकिने बताएकी छन् । उनले नयाँ दलको अनुशासन र राजनीतिक संस्कृतिमा प्रश्न उठेको टिप्पणी गरेकी छिन् ।
उनका अनुसार, यस घटनाले हाम्रो समाजले आफ्नो सभ्यता, सांस्कृतिक मर्यादा र ऐतिहासिक चेतनाबाट कति टाढिँदै गएको छ भन्ने देखाउँछ । साथै, उनले यो कार्यले राजनीतिक साक्षरता र नागरिक शिक्षाको अभाव प्रष्ट देखाएको उल्लेख गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया