बैतडीमा जीप दुर्घटना, एक जनाको मृत्यु

लोकपथ
77
Shares

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

शिवनाथ गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा गए राति स्थानीय बछलाबाट बचरातर्फ जाँदै गरेको सुप्रप ०४–०११ ज ००६९ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जीप चालक शिवनाथ–२ का २६ वर्षीय केशवसिंह धामी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

दुर्घटनामा परेर गम्भीर घाइते भएका चालक धामीको उपचारको लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

जीपमा चालक मात्रै रहेको बुझिएको छ । दुर्घटनाग्रस्त जीप सडकबाट करिब २०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?