समाजबाट विभेद र बहिष्करण अन्त्य हुनुपर्छ : अध्यक्ष मगर

लोकपथ
21
Shares

काठमाडौं । मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान विभेद र बहिष्करण अन्त्य गर्नुपर्ने बताएका छन् ।

शुक्रबार ललितपुरमा राष्ट्रिय समावेशी आयोग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष मगरले समावेशीताको सवालमा अझै पनि समाजमा संरचनागत विभेद कायम रहेको उल्लेख गरेका छन् ।

उनले सबै नागरिकले आफ्नो अधिकार सुनिश्चित गर्न पाउनु पर्ने र यसमा समावेशी आयोगले भूमिका खेल्नुपर्ने बताए । साथै, समावेशीताको विषयमा सार्वजनिक बहस आवश्यक रहेको पनि उनले जोड दिए ।

अध्यक्ष मगरले संविधान जारी भएपछिको निर्वाचन तथ्यांक प्रस्तुत गर्दै भने, ‘२०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ ६ र समानुपातिकतर्फ ८४ गरी ९० महिला सांसद निर्वाचित भएका थिए। दलित समुदायबाट १९ जना निर्वाचित भएका थिए। २०७९ सालको निर्वाचनमा ९१ महिला सांसद निर्वाचित भए । यो पूर्ण संख्या होइन, तर केही सुधार देखिन्छ ।’

उनले समावेशीताको क्षेत्रमा सुधार भए तापनि पूर्ण समावेशी राज्य संरचना अझै बनिनसकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?