काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा जलवायु परिवर्तनले परेको असरप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।
उनले जलवायुजन्य विपद्का कारण पर्यटन अवरुद्ध हुँदा सबैभन्दा ठुलो असर महिलामाथि परेको बताइन् ।
मन्त्री श्रेष्ठका अनुसार, नेपालमा पर्यटन प्राकृतिक भूदृश्य, जैविक विविधता र सांस्कृतिक सम्पदासँग गहिरो रूपमा जोडिएको छ । तर हिमताल विस्फोट, अनियमित हिमपात, पहिरो, पानीको अभाव, जैविक विविधताको क्षय र सांस्कृतिक सम्पदामा क्षति जस्ता घटनाले पर्यटनमा ठुलो प्रभाव पारिरहेको छ ।
उनले भनिन्,‘ग्रामीण पर्यटनमा आधारित महिलाहरू प्रायः अनौपचारिक र मौसमी आम्दानीमा निर्भर छन् । होमस्टे सञ्चालन, स्थानीय उत्पादन बिक्री, होटेल र लजमा काम, सांस्कृतिक सेवा र गाइडिङमार्फत उनीहरूले जीविकोपार्जन गर्छन् । तर जलवायु परिवर्तनका कारण पर्यटन अवरुद्ध हुँदा यी आम्दानीका अवसरहरू गुम्ने गरेका छन् ।’
मन्त्री श्रेष्ठले ‘जेन्डर ब्लाइन्ड क्लाइमेट फाइनान्सिङ’को मुद्दा उठाउँदै अधिकांश जलवायु वित्तपोषण पूर्वाधार निर्माणमा मात्र केन्द्रित रहेको बताइन् ।
‘पर्यटनबाट प्राप्त आम्दानीलाई सामुदायिक सहनशीलतासँग जोड्दै संरक्षणमा योगदान पुर्याउने महिलाहरूलाई प्रत्यक्ष लाभ सुनिश्चित गर्नु आजको आवश्यकता हो ।,‘ उनले भनिन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया