अधिवेशनअघि नयाँ संसद् भवन तयार पार्न अध्यक्ष दाहालको निर्देशन

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद् भवन निर्माणको गति बढाउन सम्बन्धित पक्षलाई कडा निर्देशन दिएका छन् । आगामी अधिवेशन नयाँ भवनमै सञ्चालन गर्ने लक्ष्यसहित अध्यक्ष दाहालले भवन निर्माणको पछिल्लो अवस्था हेरेर कामको तीव्रता बढाउन निर्देशन दिएका हुन् ।

उनले भने, ‘अब करिब सदन चल्ने कुरा निधो भइसकेको छ । त्यसअनुसार भवन निर्माणको गति अझै अपेक्षाअनुसार आएको छैन । हामीले पहिले नै धेरै पटक निर्देशन दिइसकेका छौँ, अहिले पनि अन्तिम निर्देशन दिइएको छ । कम्तीमा प्रतिनिधि सभा र राष्ट्रिय सभा सञ्चालन हुने हलहरू तयार हुनुपर्छ ।’

अध्यक्ष दाहालले निर्माणमा केही प्रगति भएको भए पनि फिनिसिङ र अन्य प्राविधिक पक्षमा ध्यान दिन आग्रह गरे । उनले शहरी विकास मन्त्रालयका सचिव र सम्बन्धित पक्षलाई आफ्नो कार्यकक्षमा बोलाएर निर्देशन दिइसकेको जानकारी दिए ।

उनका अनुसार, नयाँ संसद् भवनमा सम्पूर्ण काम तुरुन्तै नसकिने भए पनि मुख्य हलहरू अधिवेशन सञ्चालन हुने स्तरसम्म तयारी हुनुपर्नेछ । अध्यक्ष दाहालले आगामी अधिवेशनसम्म मुख्य हलहरू हस्तान्तरण हुनेमा आशा व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?