निर्वाचनको तयारीबारे जानकारी लिन प्रधानमन्त्री कार्की मुस्ताङमा

लोकपथ
21
Shares

 काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज मुस्ताङ पुगेकी छन् ।

प्रधानमन्त्री कार्कीले हिमाली बस्तीको स्थलगत अवलोकन गर्दै स्थानीय अवस्था, पूर्वाधार र निर्वाचन तयारीबारे जानकारी लिएकी छन् ।

मौसम प्रतिकूलताका कारण आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन हिमाली क्षेत्रमा प्रभावित हुन सक्ने चर्चा भइरहेका बेला प्रधानमन्त्री कार्कीले अनुगमन भ्रमण गरेकी हुन् ।

भ्रमणका क्रममा उनले स्थानीय प्रशासन, सुरक्षा निकाय र निर्वाचनसम्बन्धी सरोकारवालासँग छलफल गर्दै प्रतिकूल मौसमका बाबजुद निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक समन्वय गर्न निर्देशन दिएकी बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?