रास्वपाले किन स्थगित गर्‍यो रुपन्देहीमा हुने चुनावी सभा ?

लोकपथ
399
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार रुपन्देहीको भैरहवामा गर्ने भनेको परिवर्तन उद्घोष सभा स्थगित गरेको छ । 

संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारणले हाललाई चुनावी सभा स्थगित गर्नुपरेको पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा उल्लेख छ ।

विशेष कारणले रुपन्देहीको सभा स्थगित भएको बताउँदै छिट्टै नयाँ मिति तय हुने रास्वपाका उपसभापति डोलप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?