निर्वाचनमा स्रोतसाधनको कमी हुन दिँदैनौ : अर्थमन्त्री खनाल

लोकपथ
28
Shares

ललितपुर । अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका निम्ति आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त  गरेका छन् । 

आज पर्यटन बोर्ड र परिसूचक मिडियाद्वारा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’मा उनले निर्वाचनलाई सफल बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताए । 

अर्थमन्त्रीले अब आर्थिक विषयमा केन्द्रित हुने समय आएको बताउँदै राजनीतिक अस्थिरताको बहसबाट सरकारलाई बाहिर निकाल्नु नै सबैभन्दा ठुलो चुनौती रहेको उल्लेख गरे । उनले पर्यटनलाई उद्योगसरह सुविधा दिने अघिल्लो सरकारको प्रतिबद्धता पूर्णरूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गरे ।

सरकारले दशको अर्थतन्त्रको उन्नयनका निम्ति पनि हर सम्भव प्रयत्न गरिरहेको बताउँदै अर्थमन्त्रीले त्यसका लागि विविध नीतिगत काम भएका जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?